हेटाैँडा । हेटाैँडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ ।
हेटाैँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष हुमागाईबाट बार्षिक प्रतिवेदन र प्रधानाध्यापक मन्दिरा घिमिरेबाट प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्णप्रसाद अर्याल, अधिवक्ता गिता सुवेदी, सेवा निवृत्त शिक्षक शरदकुमार रिजाल, पत्रकार रूपेश दुलाल, समाजसेवी भीमसेन पौडेल, विद्यालय पोशाक सहयोग गर्ने शोभा केसी, स्टेशनरी सहयोगी रोजिना बन्जरा, विद्यालयका शिक्षक पुष्पा चौलागाईं र उषा तोलाङ्गेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटाैँडा-६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, बरिष्ठ अधिवक्ता कृष्णप्रसाद अर्याल, संचारकर्मी रूपेश दुलाल, सेवा निवृत्त शिक्षक शरदकुमार रिजाल, कृष्ण बाल समूहका अध्यक्ष क्रिश्चल थापा, बाल क्लबकी उपाध्यक्ष करिना पहाडी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद सञ्जेल लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा २४९ जना विद्यार्थी अध्ययनरत छन् ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्