हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ हेवीमा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

भीमफेदी कुलेखानी काठमाडौं सडकखण्डमा हेटौंडाबाट काठमाडौं तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३८ प ५७७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते हुनेमा स्कुटर चालक जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१३ सोल्टिमोड बस्ने बर्ष २५ को सुनिल गुरुङ रहेका छन् । वायाँ हातमा चोट लागेको उनको खनिखेत स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।