हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ मा ५० केभिएको ट्रान्सफर्मर जडानको तयारी गरिएको छ । बकैया ११ का वडा अध्यक्ष गोपाल बहादुर नेसुरको पहलमा भोल्टेज सुधारका लागि ट्रान्सफर्मर जडान गर्न लागिएको हो ।
बकैया गाउँपालिकाको सहयोग तथा नेपाल बिद्युत प्राधिकरणको प्राबिधिक सहयोगमा ट्रान्सफर्मर राख्ने तयारी भएको हो । बकैया ११ को जितपुर भन्ज्याङमा जडान गर्न लागिएको ट्रान्सफर्मर मार्फत प्रवाह हुने बिद्युतबाट मकवानपुर गढी गाउँपालिका वडा नं. २ का केही भाग, बकैया ११ को शिरुडाँडा, गैरीगाउँ, राधा हिल्स, जितपुर भन्ज्याङ, सिमात र बकैया १२ का जितपुर खोला र चुनढुंगाका करिव ३ सय घरधुरी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन । यस क्षेत्रमा काठका पोल बिस्थापित गरेर करिव एक सय बढी फलामको बिद्युतको पोल हालिएको वडा अध्यक्ष नेसुरले जानकारी दिए ।
यहाँका स्थानिय विद्युत अपुग कै कारण मोवाईल चार्ज गर्न तथा बल्ब पनि नबल्ने समस्या झेल्दै आईरहेका थिए । यही समस्यालाई ध्यानमा राख्दै बकैया ११ नम्बर वडा कार्यालयको विशेष पहलमा बिद्युत ट्रान्सफर्मर जडानको तयारी गरिएको हो । बर्षौदेखी झेल्दै आएको समस्या समाधान हुनेभएपछि वडावासीहरु हर्षित भएका छन् । यसअघि ५ किलोमिटर पर रहेको मकवानपुरगढीको ट्रान्सफर्मरबाट बिद्युत सप्लाई हुँदा बकैया ११ नम्बरका स्थानीय कम भोल्टेजका कारण मारमा परेका थिए ।












प्रतिक्रिया दिनुहोस्