हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातमाटेबाट मकवानपुर प्रहरीले अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बस चालक बारा जिल्लाको कोल्वी नगरपालिका–५ का ३३ वर्षीय जस जोशी चौधरीको साथबाट ४३.३८ ग्राम सुन बरामद गरेको हो ।
आजको बजार भाउअनुसार बरामद भएको सुन ६ लाख ३५ हजार २२६ रुपैयाँ बराबरको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । बरामद भएको सुनसहित चौधरीलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस्