हेटौँडा । हेटौँडा उपमहानगरपालिका–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २९औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार–२०५७ बाट सम्मानित उक्त समूहको साधारणसभा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता तथा समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा समूहका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन पेश गरे । त्यसैगरी कोषाध्यक्ष गोमा लामिछानेले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ लाख २९ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरे । लेखा समिति संयोजक राजकुमार फुयाँलले लेखा समितिको प्रतिवेदन पेश गरे ।

साधारणसभाका अवसरमा ज्येष्ठ सदस्य ठूलीमाया पाख्रिन, पूर्णबहादुर राई, निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाई, सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई तथा वन अधिकृत हेमकुमार पाठकलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सञ्चारकर्मी मनोज देवकोटा, विद्यार्थी सौरभ सापकोटा र अनुष्का हुमागाईलगायतलाई समेत विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौँडा–६ का वडा सदस्य विजय पौडेल, हेटौँडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सब–डिभिजन वन कार्यालय हेटौँडाका वन अधिकृत बच्चुराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, चित्रेपानी सामुदायिक वनका अध्यक्ष भानु प्रताप बिडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

१३८ हेक्टर क्षेत्रफलमा फैलिएको रानी सामुदायिक वनमा हाल ८५० घरधुरी आबद्ध रहेका छन् । साधारणसभाले प्रस्तुत गरिएका १४ वटा प्रस्ताव सर्वसम्मत पारित गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए ।

भीमसेन पौडेल
थप जानकारी