अशोक सामुदायिक वन उपभोक्ता समूहको ३१औँ वार्षिक साधारणसभामा सम्मानित हुँदै सञ्चारकर्मी भीमसेन पौडेल ।
अशोक सामुदायिक वन उपभोक्ता समूहको ३१औँ वार्षिक साधारणसभामा सम्मानित हुँदै सञ्चारकर्मी भीमसेन पौडेल ।

हेटौँडा। हेटौँडा–१७ राजदेवीमा अवस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा हेटौँडा–१७ का वडा अध्यक्ष उद्वव सत्यालको प्रमुख आतिथ्यतामा तथा समूहका अध्यक्ष रमेशकुमार राईको सभाध्यक्षतामा भएको थियो।

कार्यक्रममा अध्यक्ष राईले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कोषाध्यक्ष सरस्वती पुडासैनीले आव ०८२/०८३ का लागि ८० लाख ९१ हजार रुपैयाँको अनुमानित आय–व्यय विवरण तथा लेखा समितिका कायम लेखा संयोजक सुमनलाल श्रेष्ठले लेखा प्रतिवेदन पेश गरेका थिए।

साधारणसभामा समुदायको विकास, विस्तार तथा योगदान पुर्‍याउने संघ–संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो। उत्कृष्ट विद्यार्थी काजल रजना मगर र अर्जुन अधिकारी, ज्येष्ठ उपभोक्ता कृष्णकुमारी श्रेष्ठ, हेटौँडा–१७ वडा कार्यालय, सब–डिभिजन वन कार्यालय हर्नामाडी, रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, सञ्चारकर्मी भीमसेन पौडेल र उपभोक्ता पूर्णबहादुर श्रेष्ठलगायतलाई पुरस्कार तथा सम्मान गरिएको थियो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सब–डिभिजन वन कार्यालय हर्नामाडीका प्रमुख प्रदीप अर्याल, राजदेवी दुग्ध सहकारीका अध्यक्ष कृष्णप्रसाद पराजुली, राजदेवी बचत तथा ऋण सहकारीका अध्यक्ष रमेशकुमार पराजुली, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, कार्यालय सचिव केदारप्रसाद गौतम, राजदेवी मावि व्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, जोरधारा टोल विकास अध्यक्ष भीमप्रसाद अधिकारी, सल्लाहकार कृष्णप्रसाद नेपाल, बलराम अधिकारी, राजदेवी आमा समूहकी अध्यक्ष निला तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो।

करिब ३ सय घरधुरी आबद्ध रहेको सो सामुदायिक वन समूहको क्षेत्र विशेष फैलिएको समूहकी सचिव सितु श्रेष्ठले जानकारी दिइन्।