हेटौंडा । अभियान लघुवित्त वित्तीय संस्थाले ९ लाख ७५ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

प्रति शेयर एक सय रुपियाँ दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त आईपीओ निष्काशनका लागि सम्झौतापत्रमा अभियान लघुवित्त वित्तीय संस्थाका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

उक्त संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र चुक्ता पूँजी १५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ ।

संस्थाले २०७६ साल मंसिर १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले ६० वटा शाखा कार्यालय मार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्ध गरी २४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा १ अर्ब ९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ ।