हेटौंडा।  हेटौंडामा अबैध सालको चिरान काठसहित एउटा पिकअप भ्यान सहित दुईजना पक्राउ परेका छन।

शनिबार बिहान ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा-३ लेवट नजिक  हाडीखोला तर्फबाट बस्तीपुर चोक तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१- च १२६० नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको ८८.६० क्युफिट अबैध सालको चिरान काठ सहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौडा-१२ बस्ने  २४  बर्षीय सुशान लोप्चन र सोहि पिकअप गाडीमा सवार सोही स्थान बस्ने  १८ बर्षीय सुदिप लोप्चन रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।नियन्त्रणमा लिएको काठसहित मानिसलाई आवश्यक कार्वाहीको लागी  डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जनाइएको छ।