
काठमाडौं । कुमारी बैंक लिमिटेडले कुल १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।
शेयर खरिद गर्न इच्छुक शेयरधनीलाई ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिन भनिएको छ ।
शेयरको बिक्री मूल्य बिक्रेताले तोक बमोजिम हुने बैंकले जनाएको छ ।
साथै तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।
Visited 62 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्