काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि  आज २६ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १९ लाख ७४ हजार ७ सय ९ जनाको आवेदन परेको छ ।

आवेदन दिन अन्तिम समय आज आज साँझ ५ बजेसम्ममा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपियाँ बराबरको २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन परेको हो ।

उक्त कम्पनीले ५१ लाख २९ हजार २ सय रुपियाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

सो कम्पनीको शेयर ५ हजार १ सय २९ जनाले मात्रै १०–१० कित्ताका दरले पाउने छन् ।

एक हजार लगानी गरेको एफपीओ पाउने भाग्यमानीले नेप्सेमा सूचीकृत भई कारोबार शुरु हुने वित्तिकै २९ हजार नाफा कमाउने छन् । आज उक्त कम्पनीको शेयर प्रतिकित्ता रु. २९९८.९० मा कारोबार भएको थियो ।

Visited 31 times, 1 visit(s) today