
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओमा पहिलो दिनमै साढे ४ लाख बढीको आवेदन परेको छ ।
आज पहिलो दिन साँझ ५ बजेसम्म ४ लाख ५८ हजार ५ सय ४१ जनाले ५४ लाख ९८ हजार ३ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्काशन गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
उक्त शेयर १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाउने छन् । तसर्थः इच्छुक लगानीकर्ताहरुले १० कित्ताका लागि मात्रै आवेदन दिनु उपयुक्त हुनेछ । किनकी हिजोआज खुलेका आईपीओहरुमा २० लाखको हाराहारीमा आवेदन पर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्