
काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
कम्पनीले २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख २ गतेसम्म निष्कासन खुला गरेको आईपीओ आज बिहान ८ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जम्मा ११ लाख ९५ हजार २०० कित्ता निष्कासन गरेको थियो । जसमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका दिने । कुल आवेदनमध्ये १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको कम्पनीले जनाएको छ ।
भाग्यमानी १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।
त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र ९बाँकेका स्थानीय बासिन्दा० र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्