हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३४ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष रामहरि चौलागाईको सभाध्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्था अध्यक्ष चौलागाईले संस्थागत प्रतिवेदन, उपाध्यक्ष केशव धितालले कृषक हित कोषको प्रतिवेदन, लेखा संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन र पशुधन संरक्षण तथा पशु स्वास्थ्य उपसमितिका संयोजक सूर्य प्रसाद दुलालले पशु धनको प्रतिवेदन पेस गरेका थिए ।
सभाको अवसरमा संस्थाले आव ०८१-०८२ मा सबै भन्दा धेरै दूध विक्री गर्ने आशिष मल्ल, वासुदेव अधिकारी, बलराम गौतम, रजत श्रेष्ठ, नवराज ढकाल र रामनाथ बास्तोला, गोठ सफा राख्ने दिलकुमारी खत्री, भाडा सफा राख्ने कुल प्रसाद चौलागाई, गुणस्तरीय दूध विक्री गर्ने श्यामप्रसाद न्यौपाने र दिलकुमारी अधिकारीलाई पुरस्कृत गरिएको थियो ।
यसै गरी उत्कृष्ट बचतकर्ता टीका तिमल्सिना, देवीचन्द्र खड्का, असली कारोबारी नरबहादुर सापकोटा र लक्ष्मी कार्कीलाई समेत पुरस्कृत गरिएको थियो । साधारण सभामा वडा सदस्य विजय पौडेल, सरिता सापकोटा, लेखराज ढकाल, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, सल्लाहकार वासुदेव अधिकारी , साधुराम चौलागाई, बालकृष्ण चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरका उपाध्यक्ष अर्जुनप्रसाद देवकोटा, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना लगायतको आतिथ्यता रहेको थियो ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्