हेटौंडा । राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याललाई एक विशेष कार्यक्रममा बिदाइ गरिएको छ। दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न बिदाइ समारोहमा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघले उनलाई औपचारिक रूपमा बिदाइ गरेका हुन्।

शाखा प्रमुख अर्यालको हालै राष्ट्रिय सहकारी बैंक लगनखेल शाखामा सरुवा भएको छ। हेटौंडामा ७ वर्षसम्म सेवा पुर्‍याएका अर्यालले सहकारी क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिएको सहकर्मीहरूले बताए।

सोही अवसरमा हेटौंडामा नयाँ शाखा प्रमुखका रूपमा समीर श्रेष्ठलाई स्वागत गरिएको थियो। कार्यक्रमका सहभागीहरूले श्रेष्ठलाई आगामी कार्यकाल सफल होस् भनी शुभकामना व्यक्त गरे।

कार्यक्रम संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ तथा दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक, कर्मचारीसहित व्यापक सहभागिता रहेको थियो।

संघमा हाल २३ वटा सहकारी संस्थाहरू आवद्ध रहेका छन्।

भीमसेन पौडेल
थप जानकारी