हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा आज दुइवटा पक्की सडक निर्माणका लागि स्लाब ढलान सुरु गरिएको छ ।

हेटौंडा–४ को श्रमिकपथ र फनडेरी भएको सडकको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरे । हेटौंडाको मुख्य बजार क्षेत्रका मुलसडकसंगै भित्री सडकहरु पनि पक्की रुपमा निर्माणको काम भइरहेको मेयर महतले बतााए । कुल ५६ लाख रुपैयाँ लागतमा दुइवटा सडकमा स्लाब ढलान गर्न लागिएको हो ।

पहिले कच्ची र धुलोउढ्ने सडक पक्की हुन लागेपछी स्थानीय वासिन्दाहरु खुसी भएका छन् । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।