जाल हालि शब्दहरूको देखाई दिउँ कि आफ्नो छवि
म पनि त हुन लागें हिजो आज फेसबुके कवि
हुनेखानेको पछि लाग्ने समाजको रित बन्यो
खालि नाटक मञ्चन गरि गोजीको पैसा गन्यो
अँधेरोलाई चिर्न भनी विहानीमा आउछन् रवि
म पनि त हुन लागें हिजो आज फेसवुके कवि
सुनेको थें स्वतन्त्रता आयो भन्छन् गाउँ घरमा
पुच्छार हल्लाई पछि लाग्नु ठालुको उर्दि भरमा
भाषणले पेट भरि फर्काउने वा कस्तो छवि
म पनि त हुन लागें हिजो आज फेसवुके कवि
नम नम गर्दै हिड्छौ, कुर्सी जोगाउन कति
बेलैमा होस् नपुर्याए हुदो रै छ आफ्नै खति
घैटो उज्यालो पार्नलाई, लौन छिटो आउ रवि
म पनि त हुन लागे हिजो आज फेसवुके कवि
वास्तविकता तितो लाग्ने स्वादे जिब्रो हो कि कान
भुमरिमा फसाउँदै छन् मीठो बोली सबै जान
सत्यता पचाउन सक्ने प्रकाश छर्दै आउन रवि
म पनि त हुन लागें हिजो आज फेसवुके कवि
प्रतिक्रिया दिनुहोस्