हेटौँडा। नेपाली समाज रूपान्तरणका लागि असङ्ख्य जनबोलीका गीत गाएका गायक जीवन शर्मालाई हेटौँडामा नगदसहित सम्मान गरिएको छ।

साहित्य सङ्गम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान २०८२ बाट गायक जीवन शर्मालाई नगद २५ हजार रुपियाँ पुरस्कार राशिसहित सम्मान गरेको हो। हेटौँडा–४ स्थित ओम्याक्स सिनेमा हलमा शुक्रबार साँझ आयोजित भव्य समारोहमा उनलाई सम्मान गरिएको हो। हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले व्यवस्थापन गरेको पुरस्कारबाट शर्मालाई सम्मान गरिएको हो।

बागमती प्रदेशका पूर्वमन्त्री एकालाल श्रेष्ठ, साहित्यकार निमेष निखिल, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, सङ्गमका अध्यक्ष डिबी बर्ताैला, सूर्यचन्द्र न्यौपाने लगायतले संयुक्त रूपमा गायक शर्मालाई सम्मानपत्र सम्मान गरेका थिए । सम्मान कार्यक्रममा गायक शर्माले केही चर्चित गीतहरू गाएका थिए ।