तिमी होस् हराएर बेहोस् हुन्छौ प्रिय
फरक धेरै छ तिमी र ममा
कहिले होस् रहँदै मदहोस् भएर त हेर
पिडा पनि कति मिठो भइदिन्छ जिउनुमा,
त्यो अचेतन मादकताको के अर्थ प्रिय
चेतन-मनसँग नसामा झुमेर त हेर
मजा बेग्लै छ त्यो जीवनरस पिउनुमा,
तिम्रो प्रेम एक सिसी प्याला जस्तो
भरिउन्जेल मात्र पोल्ने-बिझाउने,
फरक छ तिम्रो र मेरो मायामा
कहिले रित्तिँदै माया गहिराएर त हेर
प्रेम कति पवित्र भइदिन्छ गुमाउनुमा।
भन आज किन मौन छौ?
के तिम्रो सौन्दर्यको खोजले तिमीलाई थकायो?
कि यो जिन्दगीको बहावमा
जरासँग जोडिने बाध्यताले तिमीलाई झुकायो ?
हाँसो लाग्छ-
कसरी तिमी सङ्गीमा खोट देख्छौ?
दोषी त्यो दृष्टि कि दृष्टिकोण हो?
कहिल्यै बुझ्यौ तिमिले तिनीलाई कस्तो छ?
बेबी, डार्लिङ, सोना- जानु कहिल्यै सुनेनन् ती कानले
जुन तिमीलाई अनुदानबाड्न निकै सस्तो छ !
प्रेम र प्राप्ति अनि कर्म र उन्नति
प्रेम र कर्म दुवै निष्काम गरिन्छ,
प्राप्ति र उन्नति त भगवान् भन्छन्-
त्याहा बेठिक हुन्छ जहाँ अपेक्षा हुन्छ,
जीवनरूपी रथको अर्को चक्का बनिदेऊ प्रिये
अनि अप्सरा देख्नेछौ त्यो मैलिएको पछ्यौरीमा,
उसको रित्तिएको गृहस्थी पूरा गरिदेऊ प्रिय
स्वर्गझैँ सुन्दर हुन्छ गुड मात्र तिमी घर होइदिनुमा।।।
प्रतिक्रिया दिनुहोस्