हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले शिक्षक, विद्यार्थी तथा अभिभावक सम्मान गरेको छ । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सभा हलमा आइतवार भएको कार्यक्रममा ४ नं. वडा कार्यालयद्वारा आयोजित तेस्रो बृहत खेलकुद महोत्सवको पुरस्कार वितरण तथा आधारभूत तह (कक्षा ८) को परीक्षाका उत्कृष्टलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा तेस्रो खेलकुद महोत्सवमा नगरस्तीय फुटलबल प्रतियोगितामा विजयी हुने प्रगति मावि र उपविजेता रक्सल एकेडेमी, क्रिकेट तर्फ विजेता भुटनदेवी मावि, उपविजेता श्रमिक मावि, भलिवल तर्फ विजेता कृष्ण आदर्श मावि, उपविजेता ज्योति मावि, बास्केटबल तर्फ विजेता नवोदय शिशु सदन र उपवपजेता कमाने एकेडेमीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
त्यस्तै वडास्तरमा एथलेटिकका विभिन्न विधाहरू, शिक्षक तर्फ ५ ए साईड विजेता नवोदय मावि, उपविजेता ब्रम्हदीक मावि, टग अफ वारका विजेता भुटनदेवी मावि, उप विजेता आधुनिक माविलाई पुरस्कृत गरिएको थियो । सम्पूर्ण खेल महोत्सवमा वडा प्रथम हुन सफल भुटनदेवी माविलाई पुरस्कृत गरिएको शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिए ।
कार्यक्रममा वडास्तरीय वादविवाद, कविता, हाजिरी जवाफ, निबन्ध, नेपाली हिज्जे र बक्तृत्वकला प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कृत गरिएको थियो । सबै प्रतियोगितामा करिव १२ सय विध्यार्थीले प्रतियोगितामा भाग लिएको र विजेता र उपविजेता पुरस्कृत करिव ३ सय विद्यार्थी रहेको खेलकुद कार्यक्रम संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
वडास्तरमा कक्षा ८ को परिक्षामा चार जिपिए ल्याउने भुटनदेवी मावि ४ जना, बम्हदीक एकेडेमी ४ जना र नवोदय माविका ३ जना प्रत्येक विध्यार्थीलाई रू पाँच हजार र विषयगत ७ जना शिक्षकलाई रू १० हजार नगर पुरस्कार र प्रमाणपत्रसहित सम्मान र पुरस्कृत गरिएको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँले जानकारी दिए ।
बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, ४ नं. वडाध्यक्ष नवीन सिग्देल, १० नं. वडाध्यक्ष फूर्वादोर्जे लामा, ११ नं. वडाध्यक्ष जुना दाहाल, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्रि पाठक, वडा सदस्य गीता त्रिपाठी, मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख संगम चौलागाई, श्रमिक माविका व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरे, आधुुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठ लगायतकाले पुरस्कार वितरण गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्