हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा माघको पहिलो सातादेखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

आउँदो माघको ७ र ८ गते गाउँपालिको वडा नंबर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने बताए ।

प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने छ । प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्नेछन् भने सहभागि टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने तोकिएको छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी