हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
धरान चतारा सडक खण्ड अन्र्तगत बकैया–५ तिनतल्लेमा हेटौंडाबाट सिन्धुली तर्फ जाँदै गरेको ना. ७ ख ५०४५ नम्बरको सिमेन्ट लोड ट्रकमा अचानक आगालागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
ट्रकको ईन्जिनमा समस्या भई आगलागी भएको र हेटौँडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको समयोगमा ट्रकमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट ट्रकको अगाडिको भाग र केही सिमेन्ट नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्