हेटौंडा । प्रहरीले मकवानपुर जिल्लाको राक्सिराङ र बकैया गाउँपालिकामा ३९ विगाहमा लगाइएको लागुऔषध अफिम खेती फडानी गरेको छ ।

प्रहरीले राक्सिराङमा २८ विगाह र बकैयामा ११ विगाह क्षेत्रफलमा लगाइएको लागुऔषध अफिम खेती नष्ट गरेको हो । राक्सिराङ गाउँपालिका वडा नम्बर ४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नम्बर ५ अन्तर्गत बमकिङ, लाफर लगायतको वडा अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, वाग्मती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जना प्रहरी टोलीले अबैध लगाूऔषध अफिम खेती नष्ट गरेको थियोे ।

त्यस्तै इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलीले बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढापलगायतको क्षेत्रमा रोपिएको ११ बिगाह अबैध लागूऔषध अफिम खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।