हेटौंडा । मकवानपुरको बिकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवन उद्घाटन गरिएको छ । कैलश–३ कालिकाटार स्थित २६ कोठे नवनिर्मित प्रशासकिय भवनको जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट कुल २ करोड बजेट उपलब्ध गराईएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ साल असार ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविन÷अविसा जेभीसंग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरि सम्झैता गरेको थियो ।

कार्यक्रममा गाउँपालिका भवन र १० शैयाको अस्पताल निर्माणका लागि करिब १६ रोपनी जग्गा दाताहरुलाई सम्मान समेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्य बहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानले जग्गा प्रदान गरेका थिए ।