सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकाको फापरचुलीमा भियूटावर शिलान्यास गरिएको छ ।

फापरचुलीको सबै भन्दा अग्लो स्थानमा दृश्यावलोकन गर्न भियूटावरको शिलान्यास गरिएको हो । घ्याङलेख गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष दुर्गादेवी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार अधिकारीले संयुक्त रुपमा भियूटावरकोे जगमा इट्टा राखेर शिलान्यास गरेका थिए ।

भियूटावर शिलान्यास कार्यक्रममा वडा नं. १ का अध्यक्ष रामकाजी वाइबा, वडा नं. २ का अध्यक्ष एक बहादुर खड्का, घ्याङलेख निर्माण सेवाका संचालक सुवास वाइबा, घ्याङलेख गाउँपालिकाका सूचना प्रविधि अधिकृत किशोर वाइबा, जिन्सी शाखा प्रमुख भरतजंग थापा, वडा नं. १ का कार्यपालिका सदस्य जेसुन्दरी माया वाइबा लगायत सरोकारवाला र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी