हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का केन्द्रीय संयोजक राजु कार्कीले देशमा पुरानो नेताहरुको नेतृत्वले विकास सम्भव नरहेको बताएका छन् ।

हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक कार्कीले देशमा पुरानो पार्टी र पुराना नेताहरुको नेतृत्वले जनताले चाहेको अनुसार कामहरु गर्न नसकेको बताए । संयोजक कार्कीले राज्यले नागरिकलाई दिनुपर्ने अधिकार दिन नसकेको भन्दै आफुहरु वैज्ञानिक समाजवादको लक्ष्य सहित पार्टी संगठित अभियानमा रहेको बताए ।

उनले आफ्नो पार्टी सत्तामा जाने लोभले नबनेको भन्दै जनताको हकहितको लागि काम गर्न बनेको बताए । उनले देश निमार्णको लागि युवाहरु नेतृत्वमा आउनुपर्ने बताए । उनले आफ्नो पार्टीमा युवाहरुको नेतृत्व र साथ रहेको समेत बताए । संयोजक कार्कीले हालसम्म ६३ जिल्लामा कमिटी गठन भएको बताए । उनले असार पार्टी गठन भएको पार्टी हालसम्म आइपुग्दा १ लाख संगठित सदस्य भईसकेको बताउँदै आगामी ५ वर्षमा ५ लाख सदस्य बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बागमती ईन्चार्ज ईन्द्र प्रसाद तिमल्सिना,सुदूर पश्चिम ईन्चार्ज नरेन्द्र जोशी केन्द्रीय कार्यलय सदस्य बालकृष्ण चौलागाई लगाएतको उपस्थिति रहेको थियो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी