काठमाडौं । नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको जिम्मेवारी तोकेको छ ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले वडादेखि महानगरपालिकाको मेयरको उम्मेदवारको छनोट गर्ने जिम्मेवारी पार्टीका विभिन्न तहलाई तोकेको छ ।
प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउनेछ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।
त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने भने जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र केन्द्रीय कमिटीले निर्णय गर्ने उपमहासचिव गुरुङले बताए ।
उम्मेदवार छनोटको मापदण्ड भने केन्द्रीय कमिटीको ९ र १० चैतमा बस्ने बैठकलेतय गर्ने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्