
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि मंगलबारदेखि चैत ३ गते आइतबारसम्म निष्काशन खुला गरेको आईपीओमा १९ लाख ८५ हजार ६६३ जनाको आवेदन परेको छ ।
आईपीओका लागि आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्म २ करोड ३६ लाख ५९ हजार १ सय २० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त १ लाख ४७ हजार ६ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
कम्पनीले जारी पुँजी ६० करोड रुपियाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्येबाट पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्