हेटौंडा । सामुदायिक क्याम्पसका प्राध्यापकहरुको छाता संगठन पव्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय समितिमा मकवानपुरका अर्पण पराजुली र गौतम केसी चयन भएका छन ।

संघको महाधिवेशनबाट हेटौंडा क्याम्पसका उपप्राध्यापक अर्पण पराजुली र मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक गौतम केसी केन्द्रीय सदस्य चयन भएका हुन ।

महाधिवेशनमा देशभरका ५ सय ६२ वटा सामुदायिक क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।