हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ ।

फोनिजको पाँचौ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं फोनिजको अनुशासन विभागका संघीय संयोजक कुमार नेगीले मंगलबार हेटौंडामा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा फोनिज मकवानपुरका निर्वतमान अध्यक्ष कृष्ण सारु मगरले नवनिर्वाचित अध्यक्ष अशोक सुजन श्रेष्ठलाई कार्यभार सुम्पदै पद हस्तान्तरण गरेका थिए । साथै, कार्यक्रममै फोनिज मकवानपुरको नयाँ १३ सदस्यीय कार्यसमिति, प्रदेश प्रतिनिधि र संघीय प्रतिनिधिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

यसैगरी, फोनिज मकवानपुरले पूर्वअध्यक्ष पुर्णिमा गोलेलाई कदरपत्रसहित सम्मान गरेको छ । फोनिज, आदिवासी जनजाति र पत्रकारको उत्थानमा सहयोग पु¥याएको भन्दै फोनिज मकवानपुरले मंगलबार गोलेलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, फोनिजको अनुशासन विभागका संघीय संयोजक एवं पूर्व जिल्ला अध्यक्ष अध्यक्ष नेगी, पूर्वअध्यक्ष गोले, निवर्तमान अध्यक्ष मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा फोनिजका संघीय प्रतिनिधि एवं अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठ, निर्वाचन समितिका सदस्य एवं संघीय प्रतिनिधि सुरेश श्रेष्ठ, फोनिजका संघीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला कार्यसमिति लगायतको उपस्थिति रहेको थियो ।

शनिबार भएको जिल्ला अधिवेशनले फोनिज मकवानपुरको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ, सहसचिवमा मनिता राना, सदस्यहरुमा भुवन घलान, मञ्जरी बलामी, आशिष राना प्रजा, जमुना थिङ, भुपेन्द्र राना मगर, सम्झना मगर, राजकुमार स्याङ्बोलाई चयन गरेको थियो । यसैगरी, फोनिजको बागमती प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई तथा संघीय(केन्द्रीय) प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सुवर्णलाल श्रेष्ठ र रञ्जिता डंगोल चयन भएका थिए ।

कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई पत्रकारिता क्षेत्रमा निरन्तर लामोसमय योगदान पु¥याएको भन्दै नगद ५ हजारसहित फोनिज पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, फोनिज मकवानपुरका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्ष कुमार नेगी तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलाई फोनिज र आदिवासी जनजातिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी