हेटौंडा । शहिद दिवसको अवसरमा अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २ महिला सहित ३१ जना पुरुषले रक्तदान गरेका हुन ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । अनेरास्ववियु हेटौंडाका अध्यक्ष नवराज पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना, एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौला, प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, सचिव नवीन सिग्देल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य सन्तोष पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको अखिल फोर्स तथा स्वयम सेवक बिभाग प्रमुख मनिश मान श्रेष्ठले जानकारी दिए ।