हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा–१० राप्तीतटमा शवदाह मेसिन जडान गर्न थालेको छ । उपमहानगरपालिकाले यसअघि नै शवदाहका लागि मेसिन जडान गर्ने योजना सार्वजनिक गरिसकेको थियो ।

उपमहानगरपालिका मेयर हरिबहादुर महतको योजना अनुरुप राप्ती तटमा अहिले मेसिन जडान भइरहेको छ । माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले भारतबाट ५५ लाख ६५ हजार रुपैयाँ लागतमा शवदाह मेसिन खरिद गरेको जानकारी दिएको छ । मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ ।

एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने कार्यालयले जनाएको छ । उपमहानगरपालिका अनुसार मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा दुर्गन्ध हुने समस्या समेत हट्ने छ ।

बाइलाइन नेपालबाट साभार