हेटौंडा । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन विस्तार प्रक्रियालाई तीव्र बनाएको छ । कम्पनीले हेटौंडा सहित देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको दाबि गरेको छ । हेटौंडामा हेटौंडा ह्बील्स र एभोकाडो एण्ड अर्किड रिसोर्टमा बिद्युतिय चार्जिङ स्टेशन राखिएको हो ।

विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको कम्पनीको भनाइ छ । हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि विद्युतीय गाडीमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु विस्तारलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

नेपालको सबै राजमार्गमा र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि विद्युतीय गाडी चार्जिङ पोइन्ट नभएकोले नै चार्जिङ नेटवर्क विस्तारलाई प्राथमिकता दिइएको कम्पनीले बताएको छ ।

चार्जिङ स्टेशन विस्तार भएसँगै चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाईका चार्जिङ स्टेशनहरु मोवाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । पहिलो चरणको ४० चार्जिङ स्टेशन स्थापना गर्न सफल भइसकेको भन्दै कम्पनीले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेशन विस्तार गर्ने लक्ष्य राखेको छ ।