हेटौंडा । मकवानपुरको पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानीमा सवारी दुर्घटना हुँदा हेटौंडा–१० का एक  पुरुषको मृत्यु भएको छ ।

आइतबार दिउँसो पुर्व–पश्चिम सडक खण्ड अन्तर्गत उक्त स्थानमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६८८० नम्बरको स्कुटरलाई सोही दिसा बाट आउँदै गरेको एनएल –०१ एन २९९९ नम्बरको भरतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्क दिदा स्कुटरमा सवार हैटौंडा–१० टिसिएनरोड बस्ने अन्दाजी ५०/५१ बर्षीय बुद्धि बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले   जनाएको छ ।

गम्भिर घाईते उनको उपचारको क्रममा हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने सवारी प्रहरी नियन्त्रणमा रहेको तर चालक फरार रहेको प्रहरीले जनाएको छ ।