हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१०, राप्तीतटमा आजबाट मेसिनबाट शव जलाउन सुरु गरिएको छ ।

हिन्दु संस्कार अनुसार शव जलाउन मिल्नेगरी कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर आजबाट शव जलाउन सुरु गरिएको हो ।

भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने छ । शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने छ । मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।