हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको छ । महाप्रबन्धकको पद रिक्त भएको एक महिना पुग्नै लाग्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रवन्धक नियुक्तिका लागि गठन गरेको सिफारिस समितिले बुधबार एक सूचना सार्वजनिक गर्दै दरखास्त आह्वान गरेको हो ।

प्रेम शंकर सिंहको कार्यकाल पुस मसान्तमा सकिएपछि हेटौंडा सिमेन्टको महाप्रबन्धक रिक्त रहेको छ । जारी सूचनामा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि २१ दिनभित्र आवेदन दिन सकिने उल्लेख छ ।

महाप्रवन्धक पदका लागि आवेदन दिने व्यक्ति प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी व्यवस्थापकीय जिम्मेवारीको अधिृकतस्तरको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।