हेटौंडा । मकवानपुर प्रहरीले हराएको स्कुटर फेला पारी सवारी धनीलाई बुझाएको छ ।

स्कुटर बुधबार हेटौंडा–४ बाट फेला पारी स्कुटर धनी हेटौंडा–५ बस्ने ३२ वर्षीया चेत कुमारी सापकोटाकोलाई बुझाईएको प्रहरीले जनाएको छ । मंगलबार हेटौंडा–२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरी राखेको ना ३४ प २३८४ नंबरको स्कुटर हराएको थियो ।

फेला परेको उक्त स्कुटर मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बुधबार सापकोटालाई कार्यालयमै बोलाएर हस्तान्तरण गरेका थिए । उक्त स्कुटर सवारी धनीले स्कुटर हराएको मौखिक जानकारी गराए लगत्तै खटि गएको प्रहरी टोलीले हेटौंडा–४ बाट स्कुटर फेला पारी बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।