हेटौंडा । एमसीसी विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्धामा हेटौंडामा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

हेटौंडाको चौकीटोल लोकप्रिय होटल नजिकबाट बुद्धचोकसम्म मसाल जुलुस गरिएको विप्लव मकवानपुरका नेता इन्द्रबहादुर परियार नयनले जानकारी दिए । भोलि (बुधबार) को बन्दको जानकारी दिन र बन्दलाई सफल बनाउनको लागि मसाल जुलुस गरिएको उनले बताए ।

सरकारमा रहेको मुख्य दल नेपाली कांग्रेसले भोलि संसदमा एमसीसी टेबुल गर्ने भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायतका दलहरुले यसविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको थियो ।

नेपाल बन्दको घोषणा गर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा,नेकपा क्रान्तिकारी,नेकपा,वैज्ञानिक समाजवादी,नेकपा (माओवादी केन्द्र) लगायतका दलहरु रहेका छन् ।