हेटौंडा। ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मकवानपुरको भिमफेदी कारागारमा रहेका १० कैदीबन्दीको सजाय मिनाहा गरिएको छ।

मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा देशभरका ५ सय १ एक कैदीवन्दीको सजाय मिनहा र १२ जनालाई आममाफी दिएसंगै भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका १० कैदीबन्दीको  सजाय मिनाहा गरिएको भीमफेदी कारागारका निमित्त प्रमुख जेलर केदार प्रसाद सापकोटाले बताए। कैदीबन्दीहरु बिहान १० बजे रिहा भएर घर फर्किसकेका र  अब भीमफेदी कारागारमा ९ सय ७७ जना कैदीबन्दीहरु रहेको सापकोटाले बताए ।

आज सजाय मिनाहा हुनेमा  ८ जना नेपालका रहेका छन् भने २ जना छिमेकी देश भारतका रहेको र उनीहरु आज १० बजेनै कारागारबाट रिहाइ गरिएको सापकोटाले बताए।कैद सजाय मिनाहा हुनेमा मकवानपुरका ५ जना,भारतका २ जना,सिन्धुली,सुनसरी र उदयपुरका एकएक जना रहेका छन्। उनीहरु सवारी ज्यान मुद्धाका ४,कर्तव्य ज्यान मुद्धाका ३ जना,चोरी,डाँका र ज्यान मार्ने उद्योग मुद्धाका एकएक जना कैद भुक्तान गरिरहेका थिए। राष्ट्रपतिले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा आधा सजाय भुक्तान गरेका र आचरण सुधारेेका कैद सजाय मिनाहा गर्ने गरेेेको छ।

प्रष्ट खबरबाट साभार