चितवन । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–६ कि ६० वर्षीया चिजा नेपाली सार्कीको मृत्यु भएको हो ।

मध्यवर्ती क्षेत्रमा पर्ने डुमरिया पोष्ट नजिक घाँस लिन गएका बेला बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेपछि मृतको शव नजिकै बसेकोले निकुञ्जबाट हात्तीसहितको उद्दार टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी नायव निरिक्षक ऋषि तिमिल्सिनाले बताए ।