हेटौंडा । हेटौंडा–६ गौरीटारमा रहेको बाल जागृति युवा वर्ष माविको नवनिर्मित ९ कोठे भवनको शुक्रवार एक समारोहका विच हस्तान्तरण गरिएको छ ।

जाईका नेपालको सहयोग र शर्मा एएम जेभिले निर्माण गरेको भवन हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार तिमल्सिनालाई विद्यालयको साँचो हस्तान्तरण गरेका हुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकारण केन्द्रीय आयोजान कार्यान्वयन इकाई मार्फत शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले विद्यालय निर्माण गरेको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतम,शिक्षा विकास तथा समन्वय इकाईका ईन्जिनियर दिनेश यादव, टिम लिडर सन्तोष ओलिया,शिक्षक अभिभावक संघका अध्यक्ष लोकनाथ चौलागाई,विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

९ कोठे पक्की भवन ३ करोड २९ लाखको लागतमा निर्माण भएको निर्माण कम्पनीका प्रतिनिधि देवराज गौतमले बताए । कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा ३ सय विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ. गोपालचन्द्र भट्टराईले बताए ।

भीमसेन पौडेल
थप जानकारी