हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ नकौलीमा गत माघ १६ गते छिमेकीको विवाहको भोज खान भनी गएका पुरुष शुक्रबार मृत भेटिएका छन् ।

छिमेकीको घरमा विवाहको भोज खान गएका स्थानीय ४० बर्षीय हिरालाल ब्लोन सामुदायिक बनको भिरमा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनी विवाह भोज खान गएको दिनदेखी सम्पर्कविहिन थिए । खोजी कार्य गर्ने क्रममा ब्लोन घरदेखि करिब ५० मिटर पूर्वतर्फ जंगलमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको प्रकृति हेर्दा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।