हेटौंडा । हेटौंडामा नेपाल बन्दको सामान्य प्रभाव देखिएको छ । नेपाली कांग्रेस,नेकपा माओवादी र एकिकृत समाजवादीको गठबन्धन सरकारले संसदबाट एमसीसी पारित गरेसंगै विरोधमा आह्वान भएको नेपाल बन्दको हेटौंडामा सामान्य प्रभाव देखिएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कारण मकवानपुरको जिल्ला भित्र चल्ने सवारी आवत जावत बन्द रहेको छ भने लामो दूरीको यातायात पनि बन्द रहेको छ ।

यहाँको सम्पूर्ण सरकारी तथा नीजि शैक्षिक संस्थाहरु पनि बन्द रहेको छ । बन्दको कारण बजार, उद्योग, कलकारखाना पनि बन्द रहेको छ । हेटौंडाको बिभिन्न स्थानमा सुरक्षाको लागि सुरक्षाकर्मी पनि खटाइएको छ ।