हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१ चाइनाक्वाटर नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही लालबन्दी नगरपालिका ६ घर भएका अन्दाजी ४० वर्षीय प्रेम प्रसाद रेग्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक खण्डमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतक हेटौंडा १ चाइनाक्वाटर दिदिको घरमा भेटघाटको लागी आएका थिए । घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए ।