हेटौंडा । मकवानपुरको बकैयामा भएको कार दुर्घटनाका घाइतेमध्ये दुईजनाको मृत्यु भएको छ । एकजनाको उपचार चलिरहेको छ ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विबेक शाह र मकवानपुरको बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन् ।

उनीहरुको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार घाइते बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दिप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बिहान कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका वडा नम्बर १२ चौतारा भन्ने स्थानमा कार भिरबाट खसेको थियो। ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी ४ सय मीटर तल खस्दा तीनजना घाइते भएका थिए।