हेटौँडा । मकवानपुरको मनहरीमा शुक्रवार बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन । । शुक्रवार बिहान २ बजेर ४५ मिनेटको समयमा मनहरी–९ ज्यामिरेमा बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुबाहक बसको अगाडिको पट्टा भाचिदा मनहरीमा बस अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बस सडकको दाहिने साईडको नालीमा पर्न गई कोल्टे हुँदा बसमा सवार मध्य ११ जना स्थानिय मेडिकलमा उपचार भइरहेको छ भने र ९ जनाको उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घट्ना स्थलबाट बस निकाल्ने प्रयास भइरहेको छ ।