हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी खोलाबाट शनिबार लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.८ रमौली बस्ने बर्ष ४२ को नागेन्द्र महत्तो रहेका छन् ।

राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेका पैदलयात्री महत्तोलाई शंका लागी चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने कालो झोलाभित्र रातो प्लाष्टिकले बेरेर लुकाई छिपाई ल्याइएको लागुऔषध गाँजा २ किलो ७०० ग्राम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । यस बारे अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।