हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ रमनटारस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१४ बस्ने बर्ष ४७ को दिल बहादुर टन्डन क्षेत्री रहेका छन् ।

मनहरीबाट चितवनतर्फ जादै गरेको ना.७ ख ८४४९ नम्बरको टिफरले हेटौंडाबाट चितवनतर्फ जादै गरेको बा.प्र.०२–०३० प १६३१ नम्बरकोे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक क्षेत्री घाइते भएका थिए । उनको पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएकोमा साँझ १९ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

शव सोही अस्पतालमा रहेको रहेका छ । टिफर चालक नवलपरासी मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने बर्ष ४० को बिर बहादुर कुमाललाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।