हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ मा वडाअध्यक्षको एकल निर्णयबाट बजेट बाँडफाँड भएको छ । वडा अध्यक्ष शिवराज थिङ्गले आर्थिक वर्ष २०८१-०८२को वडाको सिलिङ्ग बजेट आफ्नो एकल निर्णयद्वारा विनियोजन गरेको पाइएको हो  । 

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १२ को २ को उपदफा १ को क १.  बमोजिम सहभागितमूलक योजना तर्जुमा वस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरि वस्ती तथा टोलस्तरीय योजनाको माग संकलन गरि प्राथमिकीकरणको आधारमा योजना तर्जुमा गर्ने भनी स्पष्ट लेखिएको भएपनि अध्यक्ष थिङले वडा सदस्यहरूलाई समेत थाहा नदिई सुटुक्क बजेट बिनियोजन गरि गत असार ७ गतेको परिषदमा बजेट पेश गरेको हुन् । 

अध्यक्ष थिङ्गले ऐन मात्रै उलङ्घन गरेनन्, मनोमानी ढङ्गले बजेट बिनियोजन गरे । यस प्रति स्थानीयले समेत आपत्ति जनाएका छन्  । आफूहरूले पटक पटक टोल भेला गराइ बजेट विनियोजन गर्नुपर्नेमा जोड दिदा पनि आफूहरूको प्रस्तावलाई नकार्दै अध्यक्ष थिङले पूर्वाग्रही ढङ्गले बजेट बाँडफाँड गरि परिषदमा पेश गरेको वडाका एक सदस्यले बताए ।

“अध्यक्षले कुन बेला बजेट छुट्याए त्यो पनि थाहा भएन सिधै परिषदमा विनियोजित बजेट सुन्दा आफू आश्चर्यमा परेको र सो विषयमा परिषद चलिरहेकै बखत आवाज समेत सो विषयमा आधिकारिक सुनुवाइ भएन । अझैपनि हामीले नगरका उपमेयर र मेयर समक्ष हामीले कुरा राखिरहेका छौ “ वडा सदस्य हरिमाया बुलुनले बताए ।