हेटौंडा । मकवानपुरमा कोभिडको प्रतिबन्ध हट्दै जाने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेका प्रतिबन्धात्मक आदेश हट्ने भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोभिडको प्रतिबन्ध हटाउन सिफारिस गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे संयोजकत्वको समितिले प्रतिबन्धहरु सोमबारदेखि नै हटाउन सिफारिस गरेको छ ।

बैठकले आगामी दिनमा कोभिड १९ को संक्रमण फैलिन नदिन सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक, औद्योगिक लगायतका गतिविधि सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डहरू निरन्तर अवलम्बन गर्ने, गराउने निर्णय गरेको छ ।