हेटौँडा । मकवानपुरको मनहरीमा लडेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार मनहरी–६ सुनाचुरीमा बाराको कोल्हवी ८ मधुवन घर भइ चितवन खैरेनी ९ सिमलटाँडीमा लेबर काम गर्दै आएका ३० वर्षीय पुजन रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खयरघारी बाट लोथर बजार तर्फ पैदल फर्कने क्रममा लडेर घाईते भएका पुजनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको हो । घाइतेको दाहिने आँखी भौँ माथि भित्री चोट लागेको थियो ।

पुजन लडेको अवस्थामा राजेश रामले फेला पारी सुनाचुरी प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । शव पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।